यो दशैँमा दुई हजार खसीबोका र च्यांग्रा ल्याइँदै, अनलाइनबाटै बुकिङ गर्न मिल्ने

बागमती संवाददाता
१६ भाद्र २०८२, सोमबार १३:११

मकवानपुर । सरकारले यस वर्षको दशैंमा सर्वसाधारणलाई सहुलियत मूल्यमा दुई हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यो वर्ष तुलसीपुर, मकवानपुर, नवलपुर र मुस्ताङबाट खसीबोका र च्यांग्रा खरिद गर्न पत्राचार गरिएको जनाएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले भने,‘खसीबोकाको लागि स्थानीय दररेट बुझिरहेका छौँ,यो हप्ताभित्र टुंगो लाग्छ।’

यस वर्ष कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै ‘प्रि बुकिङ’ गर्न सकिने व्यवस्था गर्न लागेको पनि उनले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*