जम्मू–कश्मीरमा आकस्मिक बाढी : ११ जनाको ज्यान गयो

बागमती संवाददाता
१५ भाद्र २०८२, आईतवार १०:२९

मकवानपुर । भारतको जम्मू र कश्मीर क्षेत्रमा अत्यधिक वर्षासँगै आएको बाढीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ । जसमा चार जना बालबालिका रहेका उद्दार कार्यमा खटिएका अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू र कश्मीर क्षेत्रमा आकश्मिक बाढी तथा क्षतिका घटना बढ्दै गएका छन् । स्थानीय आपतकालीन सेवाका अनुसार अस्ति रातिको बाढी र लेदोमाटोले ठूलो क्षति गरेको छ ।

एक बालक बेपत्ता भएका र उनको खोजी भइरहेको छ ।विज्ञका अनुसार जलवायु परिवर्तन र अत्यधिक निर्माण कार्यका कारण विपद्जन्य घटना र जोखिम बढेको हो ।

हिमालय क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्रका जलवायु विज्ञका अनुसार अत्यधिक वर्षा र हिमालय क्षेत्रमा निर्माण कार्यले बाढीको जोखिमलाई थप बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*