सुनको भाउ तोलाको २ लाख नाघ्यो

मकवानपुर । आज सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ एक लाख ९९ हजार चार सय रुपैयाँ कायम भइ कीर्तिमान बनाएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ दुई हजार तीन सय ५५ रुपैयाँ थियो ।