प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै

बागमती संवाददाता
१३ भाद्र २०८२, शुक्रबार १०:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेर जानकारी दिन लागेका हुन् ।

चीन भ्रमणबाट फर्किएपछि भारत भ्रमणमा जान लागेकाले त्यसबारे पनि प्रधानमन्त्रीले जानकारी दिने अनुमान छ । साथै सीमा विवाद र पछिल्लो राजनीतिक अवस्थालाई पनि प्रधानमन्त्रीले सम्बोधनमा समेट्ने स्रोतले जनाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको सम्बोधनको क्रममा रास्वपाले अवरोध नगर्ने जनाएको छ । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको रास्वपाले आज भने प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न दिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*