ओखलढुङ्गा जादै गरेको बस दोलखामा दुर्घटना, १५ यात्रु घाइते
काठमाडौं । काठमाडौंबाट ओखलढुङ्गा जादै गरेको यात्रु बाहक बस दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भइएका छन् । काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो...
राष्ट्रपति पौडेलले विजया दशमीको दिन टिका लगाइदिने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको दिन टिका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार इच्छुक मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामति, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका...
पाकिस्तानका लागि नेपाली राजदूतमा रीता धिताल नियुक्त
काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूतमा परराष्ट्र सहसचिव रीता धिताल नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त...
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
पाल्पा । पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासे बताए । बुटवलबाट...
काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । विगत तीन दिनदेखि...
सुन र चाँदीको मूल्यमा गिरावट
काठमाडौँ । दसैँ बिदा सुरु हुने अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको हो । अब छापावाला सुन प्रतितोला १ लाख...
रौतहटमा करेन्ट लागेर आमा-छोराको मृत्यु
रौतहट । रौतहटको परोहा नगरपालिका–७ नरकटिया टोलमा विद्युतीय मोटरबाट करेन्ट लाग्दा आमा र छोराको दर्दनाक मृत्यु भएको छ। राजेश साहकी ३५ वर्षीय पत्नी ललिता देवी साह र १८ वर्षीय छोरा अर्जित साहको मृत्यु भएको हो। घटनाको विवरण अनुसार,...
वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय
काठमाडौँ । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरेको हो ।...
बंगलादेशमा संविधान सुधार आयोग गठन
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले ९ सदस्यीय संविधान सुधार आयोग गठन गरेको छ । बंगलादेशी-अमेरिकी प्रोफेसर अली रियाजलाई यस आयोगको अध्यक्ष बनाइएको छ । यो संविधान संशोधन आयोगले ९० दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार जनतालाई...
राष्ट्रपति पौडेलसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौँ । राष्ट्रिय महिला आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन मंगलवार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष पेश गरेको हो ।...