अन्तराष्ट्रिय शैक्षिक सम्मेलन गर्दै मकवानपुर बहुमुखी क्याम्पस

बागमती संवाददाता
२६ बैशाख २०८२, शुक्रबार १५:१४

मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसले अन्तराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ ।

यसअघि दुई पटक राष्ट्रिय शैक्षिक सम्मेलन सफल बनाइसकेको यस क्याम्पसले (भोलि) शनिबारदेखि अन्तराष्ट्रिय स्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने भएको हो ।

शनिबारदेखि सञ्चालन हुने सम्मेलनमा करिब १ सय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने क्याम्पस प्रमुख डा.यम बहादुर सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलन सोमबार सम्म जारी रहनेछ । जसमा देश विदेश बाट र भर्चुअल सहभागि गरेर ३ सय जना विज्ञ र प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

‘दिगो विकासको लक्ष्यको स्थानीयकरणःयूवाको क्षमता विकास’ भन्ने मूल आशयका साथ सम्मेलन हुने भएको क्याम्पस प्रमुख सिलवालले बताउनुभयो ।

‘स्थानीय स्तरमा दिगो विकास लक्ष्यहरुलाई समायोजन गर्ने, यूवा विद्यार्थीहरुको क्षमता सक्षम बनाउन र स्थानीय स्तरका दिगो विकास लक्ष्यहरुलाई प्राप्त गर्ने प्रयासमा यूवा विद्यार्थीको भूमिका बढाउने मूल उदेश्य बोकेर सम्मेलन आयोजना गरिएको हो ।’ उहाँले भन्नुभयो ।

सम्मेलनको उद्धाटन विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले हेटौंडाको एभोकाडो होटलमा दिउँसो २ बजे गर्नुहुनेछ ।

कार्यक्रममा विभिन्न अन्तराष्ट्रिय, राष्ट्रिय अनुसन्धानकर्ताहरुको प्रस्तुति र अनुसन्धनात्मक जर्नल प्रकाशन रहनेछ ।

यूजीसी नेपालको सहयोग तथा केन्द्र, प्रदेश र स्थानीय सरकारहरु तथा स्वदेशी तथा विदेशी विश्वविद्यालयहरु सँगको सहकार्यमा क्याम्पसले विश्वविद्यालय बन्ने यात्रा तयारी गर्नेगरी अगाडि बढिरहेको प्रमुख सिलवालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*