लागूऔषध गाँजासहित दुई र नाइट्रोभेटसहित एक जना पक्राउ

बागमती संवाददाता
२५ बैशाख २०८२, बिहीबार १७:२३

मकवानपुर । मकवापुर प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर— ०८ बस्ने वर्ष २५ को मोटरसाईकल चालक विजय थापा र पछाडी सवार मकवानपुरगढी गाउँपालिका— ०७ बस्ने वर्ष ३५ को शुनिल बोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुको साथबाट २ किलो ५३० ग्राम लागूऔषध गाँजा बरामद गरिएको हो ।

मकवानपुरको, मकवानपुरगढी गाउँपालिकाबाट खटिएको प्रहरी टोलिले गढी गाउँपालिका— २ शिखरकटेरी स्थित कान्तिलोकपथ सडकखण्डमा सवारी साधनहरु रोकि चेकजाँच गर्ने क्रममा सुकौरा बुढीचौरबाट हेटौँडा बजारतर्फ आउदै गरेको ना २६ प ३६७१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा रहेका उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लागूऔषध नाइट्रोभेटसहित एक पक्राउ

प्रहरीले लागूऔषध नाईट्रोभेटसहित एक जनालाई प्रकाउ गरेको छ ।

प्रहरी चौकि रातोमाटेबाट खटिएको प्रहरी टोलिले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर— १५ रातोमाटे चेकपोईन्टस्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१ ०३१ च ५०२२ नम्बरको यात्रुबाहक इभी सवारी रोकि चेकजाँच गर्ने क्रममा गाडीमा सवार भई आएका रौतहटका मौलापूर नगरपालिका वडा नम्बर— ०९ बस्ने वर्ष ३२ को सुनिल सिंह पटेललाई पक्राउ गरेको हो ।

उनले आफू सवार गाडीको छतमा रातो रंगको सुटकेस र झोलाभित्र लुकाईछिपाई ल्याइएको अवस्थामा लागूऔषध नाईट्रोभेट ३४४० ट्याबलेट, ट्रमाडोल २८५० क्याप्सुल, फेनार्गन ३८५ एम्पुल, नुफिन ३९५ एम्पुल र डाईजेपाम ३७८ एम्पुल बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*