बागमतीको बजेट अधिवेशन बोलाउन सिफारिस

मकवानपुर। बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ५ मा आहान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले वर्षे(बजेट अधिवेशन) आउँदो ५ गतेका लागि आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको बागमतीका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता सुचजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार बजेट अधिवेशन ५ गते ११ बजेका लागि बोलाउने गरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने मन्त्रीपरिषदको निर्णय भएको छ ।
सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम माथि छलफल गर्न प्रदेशसभा अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
उक्त सिफारिसका आधारमा प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेश सभाको वर्षे अधिवेशन आव्हान गर्नुहुनेछ ।
यसअघि प्रदेशसभाको हिउँदे अधिवेशन बैठक गत चैत २० गते अन्त्य गरिएको थियो ।