हेटौंडामा प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुने

बागमती संवाददाता
२२ बैशाख २०८२, सोमबार १६:१७

मकवानपुर  । आगामी वैशाख २६ गते हेटौंडामा लोक भजन प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान मकवानपुरको आयोजनामा बागमती प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुने भएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकोे हो ।

कार्यक्रमलाई बागमतीका सँस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीको उद्धाटन गर्ने आयोजकले जनाएको छ ।

विभिन्न प्रकारका लोपोन्मुख बाजाहरुहरुको संरक्षण गर्ने , लोक कार्यक्रमको आयोजना गरी असहायको उत्थानको लागि कोष स्थापना गर्ने तथा कला सँस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वलाई सम्मान गर्ने मूल उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष अनिता सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार प्रतिष्पर्धामा सिन्धुली कला घर लगायत प्रदेशभित्रका दश बढी समूहको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वतना हुने समूहलाई क्रमशः तीस, बिस, दश र पाँच/पाँच हजार राशीको पुरष्कार प्रदान गरिनेछ । कार्यक्रममा बाहिरी जिल्लाबाट भाग लिन आउने समूहलाई खाना र आवासको व्यवस्था रहेको छ ।

कार्यक्रम पश्चात नेपाली लोक कला सँस्कृतिको संरक्षण, प्रर्वद्धन, सम्बद्र्धन हुनुका साथै नवप्रतिभाहरुको प्रोत्साहनका निम्ति महत्वपूर्ण योगदान पुग्ने अपेक्षा रहेको आयोजकले जनाएको छ ।
साथै स्थानीय मौलिक लोकभजन, रीतिरिवाज, परम्परा, स्थानीय भेषभूषा एवम् नृत्यसमेतको जर्गेना गर्ने अपेक्षा कार्यक्रमको छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण रेग्मी, बागमती प्रदेश सदस्य सूवास चन्द्र्र कँडेल, जिल्ला सचिव विनोद कुमार पुडासैनी लगायतको उपस्थिति रहेको थियो । हाल प्रतिष्ठानको जिल्ला शाखामा ३५ जना सदस्यहरु आवद्ध रहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*