हेटौंडामा ३० किलो गाँजासहित महिला पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।
चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर–८ खुरखुरे बस्ने वर्ष ३० कि लालमाया तामाङलाई ३० किलो गाँजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
(आज) सोमबार विहान अन्दाजी १०ः०० बजेको समयमा हेटौंडा–१० बसपार्कमा लागूऔषध गाँजा ओसारप्रसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमाण्डमा खटिएको प्रहरी टोलिले हेटौंडा बसपार्कबाट बीरगंजतर्फ जान रोकिराखेको बा.प्र. ०३–०१ ज ९७४ नम्बरको इभी गाडीमा सवार भई आएकी तामाङको साथबाट उक्त गाँजा बरामद गरेको हो ।
उनले गाडीको छतमाथि राखिएको जेब्रा झोलाभित्र लुकाईछिपाई राखिएको तीनवटा पोकामा ३० किलो गाँजा फेला पारिएको प्रहरीले जनाएको छ ।