मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबलमा रौतहटसँग मकवानपुर पराजित

बागमती संवाददाता
१५ बैशाख २०८२, सोमबार १६:०२

मकवानपुर । मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा मकवानपुर पराजित भएको छ । नुवाकोटमा शनिबारबाट सुरु भएको प्रतियोगितामा आइतबार रौतहटसँग ३–२ गोलअन्तरले मकवानपुर पराजित भएको हो । नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा नुवाकोटमा शनिबारबाट राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु भएको हो ।

रिगल रिसोर्ट एन्फा मकवानपुरको महिला टिमको कप्तानी सुजिता स्याङ्तानले गरेकी थिइन् । सुजिताले गत वर्ष यु–१९ राष्ट्रिय टिममा समेत स्थान बनाएकी थिइन् । भीम लामाको प्रशिक्षणमा २० सदस्यीय महिला फुटबल टिमलाई मकवानपुर जिल्ला फुटबल संघले शनिबार बिदाई गरेको थियो । यसअघि भरतपुरमा भएको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा पनि मकवानपुरको सहभागिता रहेको थियो ।

मुख्यमन्त्रीकप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विभागीय टिमसहित ८ टिमको सहभागिता रहेको छ । बैशाख २० गतेसम्म हुने प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*