हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता हुँदै

बागमती संवाददाता
९ बैशाख २०८२, मंगलवार १७:५३

मकवानपुर । आगामी जेठ ३ देखि हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोना गर्दै नगरका १९ वटा वडाको सहभागितामा हुने खेल तालिकाबारे जानकारी दिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको बीस लाख रुपैँया बजेट सहयोग, नगर खेलकुद विकास समितिको समन्वय तथा व्यवस्थापनमा हेटौंडा–५ क्याम्पा रंगशालामा प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष रविन्द्र घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार १९ वडाबाट खेलाडिहरुले टिम दर्ता गराउन सक्नेछन् । टिम दर्ता निःशुल्क हुनेछ ।

इच्छुक खेलाडीहरुले आगामी वैशाख २८ सम्ममा नगर कार्यपालिकाको कार्यालय नगर खेलकुद विकास समितिमा टिम दर्ता गराइसक्नुपर्नेछ ।

नक आउटका आधारमा हुने प्रतियोगिताका विजेताले २ लाख ५० हजार रुपैँया पुरस्कार प्राप्त गर्नैछन भने उपविजेताले दुई लाख रुपैँया हात पार्नेछन् ।

साथै सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट फर्वाडर, उत्कृष्ट किपर, उत्कृष्ट प्रशिक्षक, र उत्कृष्ट डिफेन्सलाई क्रमशः पन्ध्र, र दश/दश हजार रुपैँया प्रदान गरिनेछ ।

यसअघि सम्पन्न मेयर कप फुटबल प्रतियोगिता– २०८१ मा हेटौंडा–४ ले उपाधि हात पारेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*