बुधबारबाट बागमतीमा मदन–आश्रित स्मृति फुटबल हुने

बागमती संवाददाता
१६ चैत्र २०८१, आईतवार १७:४८

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मदन–आश्रित स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ ।

आउँदो बुधबारबाट प्रतियोगिता सुरु हुने बताइएको छ । युवा संघ नेपाल बागमती गाउँ कमिटीको आयोजनामा हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने बताइएको छ ।

बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३ हजार, धेरै गोल गर्ने खेलाडी, उत्कृष्ट मिड फिल्डर, डिफेन्डरलाई जनही २ हजार रुपैयाँ पुरस्कार दिइने छ । करिब ५ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको फाइनल खेल चैत २५ गते सोमबार हुने आयोजक युवा संघ नेपाल बागमती गाउँ कमिटीका अध्यक्ष अशोक ग्यालनले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*