ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, अनलाइन जुवा खेलाएकाे आराेपमा २ भारतीयसहित ५३ जना पक्राउ

बागमती संवाददाता
२३ पुष २०८१, मंगलवार १२:३२

ललितपुर – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सातदोबाटोमा रहेको एक कल सेन्टरमा छापा मारेको छ । छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरूलाई ‘अनलाइन क्यासिनो’ खेलाएको आरोपमा पक्राउ गरिएको हो । अहिले अनुसन्धान चलिरहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उहाँले बताउनुभयो ।

अभियुक्तहरूबाट ८५ थान ल्यापटप–कम्प्युटर, ८२ थान मोबाइल फोन पनि बरामद भएको छ । उनीहरूले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*