मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक माघ ७ गतेसम्म बन्द

बागमती संवाददाता
२२ पुष २०८१, सोमबार १२:०८

मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आउँदो माघ ७ गतेसम्म बन्द हुने भएको छ ।

यो सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको पालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा माघ ७ गतेसम्म सडकमा यातायात सञ्चालन बन्द गर्न लागेको हो ।

यस्तै मकवानपुर–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडक खण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा एकतर्फी मात्रै गाडी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

उहाँका अनुसार हेटौँडाबाट काठमाडौं आउने गाडी सिस्नेरीतर्फबाट र काठमाडौंबाट हेटौँडा जाने गाडी फाखेलबाट सञ्चालन भइरहेको छ । दुवै सडक खण्डमा स्तरोन्नति भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*