हात्तीको आक्रमणबाट माउतेको मृत्यु

बागमती संवाददाता
१८ आश्विन २०८१, शुक्रबार १२:३०

 

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ ।

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

‘खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो’, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने ।

जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*