बारामा बस दुर्घटना : एक जनाको मृत्यु, ४२ घाईते

बागमती संवाददाता
३१ भाद्र २०८१, सोमबार १४:४१

 

रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ४२ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादव रहेको प्रहरीले जनाएको छ ।

घाईते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । काँकडभिट्टाबाट दाङको लागि गएराति १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाईते भएका थिए। घाइतेहरूको निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पतालमा ३४ जना र सि.टी अस्पतालमा ९ जनाको उपचार भइरहेको छ ।

प्रसुती गृहमा उपचाररत मध्ये छ जना र सि.टी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सुमित कुश्वाहाले बताएका छन् ।

उक्त बसको अगाडिको पट्दा भाँचिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*