बालेन शाहलाई एमालेको ७ बुँदे ज्ञापनपत्र

बागमती संवाददाता
१६ भाद्र २०८१, आईतवार १७:०४

 

काठमाडौँ । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिनेटर जग्गामा भवन निर्माण गर्न नदिने भनि गरेको निर्णयको विरोधमा बालेनलाई ज्ञापनपत्र बुझाएका हो ।

महानगरपालिकाबाट जारी यससम्बन्धी सूचनाले लाखौँ व्यक्तिहरु प्रभावित र पीडित भएको भन्दै एमालेले उक्त निर्णय बदर गरी महानगरबासीलाई राहत प्रदान गर्न माग गरेको छ । अन्यथा असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुनसक्ने तर्फ सचेत रहन एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले चेतावनी दिएका छन् ।

ktm11

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*