चोरी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
काठमाडौँ । चोरी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको साविक नेत्रगंज गाविस-२ बस्ने लालसागर पासवान रहेको प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत कास्कीको २०५८ असार १२ गतेको फैसलाले १ महिना १५ दिन कैद र ४५ हजार ८ सय ३२ रुपैयाँ ५० पैसा जरिवाना ठहर गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सर्लाहीमा पेश गरिएको प्रहरीले जनाएको छ ।