नारायणी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघको आक्रमण

बागमती संवाददाता
२० श्रावण २०८१, आईतवार १०:३६

 

चितवन । चितवनको नारायणी नदी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको छ । आइतबार बिहान ५ः२० बजेको समयमा चितवन भरतपुर–१ नारायणी किनारमा ६० वर्षका पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

बिहान हिँडिरहेको अवस्थामा भरतपुर–२ बेलटाडी बस्ने श्रेष्ठलाई एक्कासि आक्रमण गर्दा उनी घाइते भएका छन् । घाइते श्रेष्ठलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाएको छ ।

श्रेष्ठको मुख र हातमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको कार्यालयले जनाएको छ । श्रेष्ठलाई आक्रमण गर्ने बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालय भरतपुरले एक टोली परिचालन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*