राप्ति तटमा फलफूलका बिरुवा रोपियो
मकवानपुर । हरित सुन्दर नगरको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० राप्ति तट क्षेत्रमा फलफूलका बिरुवा रोपेको छ ।
बजार क्षेत्रमा फुलका बिरुवा रोपणलाई प्राथमिकतामा राखेको उपमहानगले बाइपासको राप्ति तटीय क्षेत्रमा फलफूलका विरुवा रोपेको हो ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमको उपस्थितिमा ले तटीय क्षेत्रमा आँप, एभोकार्डो, लिच्ची, रुखकटहर, अम्बा सहितका फलफूलका बिरुवा रोपिएको हो ।
बिरुवाले फल दिने अवस्था भएपछि स्थानीय बासिन्दासहित राप्ति तटीय क्षेत्रमा आउनेले मानिसहरुले फलफूल खाँदै रमाउन सक्ने उपमहानगरपालिकाले जनाएको छ । राप्ति पुलबाट दक्षिण कुष्माण्ड क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने तयारी अनुसार त्यस क्षेत्रमा वृक्षारोपण कार्यलाई प्राथमिकतामा राखिएकोसमेत उपमहानगरले जनाएको छ ।