अपरिचित व्यक्तिले व्यवसायीको गाडीमा सुटकेस राखेर फरार भएपछि…

बागमती संवाददाता
२० असार २०८१, बुधबार १७:५२

 

काठमाडौँ । धादिङमा एक अपरिचित व्यक्तिले व्यवसायीको गाडीमा सुटकेस राखेर फरार भएपछि आतंक सृजना भएको छ ।

बुधबार दिउँसो बीच सडकमा रोकी राखेको गाडीमा अपरिचित व्यक्तिले सुटकेस छाडेपछि आतंक सृजना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम केसीका अनुसार अपरिचित व्यक्तिले स्थानीयको कारमा सुटकेस राखिदिएको सूचना आएपछि प्रहरी घटनास्थलमा पुगेको छ ।

‘कार धनीले नै सुटकेस आफ्नो नरहेको र शङ्कास्पद भनेपछि प्रहरीले डिस्पोजल टोली बोलाएर डिस्पोज गर्ने तयारीमा छौं,’ उनले भने ।

उनका अनुसार गजुरीबाट सेनाको डिस्पोजल टोली घटनास्थल आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*