बजेट पास गर्ने संसदको कार्यसूची, अनिवार्य उपस्थित हुन एमालेको ह्विप

बागमती संवाददाता
१२ असार २०८१, मंगलवार १०:५३

काठमाडौं । नेकपा एमालेले संसद बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१र ८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थिति भई बजेटको पक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गरेको हो ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले एमालेका सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको बताए । संसद बैठक बिहान ११ बजे बस्दैछ ।

सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी छ।

आज केही मन्त्रीहरूले मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन्।

त्यसपछि बजेट पारितको प्रक्रियामा जानेछ। प्रमुख प्रतिपक्ष कांग्रेसले पनि आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुनु ह्वीप जारी गरिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*