काठमाडौँ महानगरपालिकाद्वारा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट घोषणा

बागमती संवाददाता
११ असार २०८१, सोमबार १७:३७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट घोषणा गरेको छ ।

सोमबार आयोजित १५ औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट घोषणा गरेकी हुन् ।

उनले भनिन्, ‘२०८१/ ८२ को नीति तथा कार्यक्रमलाई सार्थक पार्न २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरिएको छ।’

डंगोलले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको पनि बजेट पेश गर्दै जानकारी गराइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*