काठमाडौं महानगरका विभागीय प्रमुखको गाडी बरामद

बागमती संवाददाता
७ असार २०८१, बिहीबार १४:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक विभागीय प्रमुखले लामो समयदेखि दुरुपयोग गर्दै आएको गाडी बरामद गरेको छ ।

महानगरपालिकाले ईयूले अनुदानमा दिएको ‘बि एए ४८२०’ नम्बर प्लेटको मारुती सुजुकी कार कार्यालय समयमा बालाजुस्थित निवासबाट बरामद गरेको हो ।
उक्त गाडी लामो समयदेखि महानगरका एक १० औँ तहका विभागीय प्रमुखको जिम्मा थियो । ती विभागीय प्रमुख महानगरबाट फोटोन कम्पनीको अर्को गाडी चढ्दै आएका थिए भने मारुती सुजुकीमा सरकारी नम्बर प्लेट नराखेरै आफ्नी श्रीमतीलाई दिएका थिए ।

महानगरपालिकामा परेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा उक्त गाडी बालाजुमा १० तहका एक विभागीय प्रमुखकी श्रीमतीबाट बरामद गरिएको महानगर स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त गाडी ती विभागीय प्रमुखले सात वर्ष पहिले नै महानगरबाट लिएका थिए  |

बायो ग्यास प्लान्ट सञ्चालनमा छैन । तर, गाडी विभागीय प्रमुखले आफ्नो घरायसी प्रयोजनमा लगाएको भन्ने गोप्य उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा गाडी महानगरले तानेको हो,’ स्रोतले भने, ‘गाडीका चाबी उनकी श्रीमतीसँग फेला परेको छ । गाडीमा घरायसी प्रयोजनका खाद्य सामग्री पनि फेला परेको छ । गाडी कार्यालयमा ल्याएर राखेका छौँ । आवश्यक छानबिनको तयारी हुँदै छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*