चितवनको सुनचाँदी पसलमा लुटपाट, शंकास्पद चार जना पक्राउ

बागमती संवाददाता
३ असार २०८१, आईतवार १०:४४

 चितवन | चितवनको कालिका नगरपालिका -६ खोलेसिमल बजारस्थित एक सुन चाँदी पसलमा लुटपाट भएको छ ।

गएराति करिब ९ बजेको समयमा स्थानीय व्यवसायी विनोद सुनारको सुन चाँदी पसलमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

व्यवसायी कुँवरले प्रहरीलाई बताएअनुसार पसलबाट करिब ३५ किलो चाँदी ३ किलो सुन लुटपाट भएको हो । प्रहरीले भने कति सुनचाँदी लुटपाट भयो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

चोरले नगद दुई लाख रुपैयाँसमेत चोरेको व्यवसायीले प्रहरीलाई बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार सुनचाँदी पसलमा २ जना व्यक्ति आएर लुटपाट गरेका हुन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको उनले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*