स्वास्थ्यमन्त्री यादव भन्छन्- स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर छ

बागमती संवाददाता
१ असार २०८१, शुक्रबार १५:३६

चितवन | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताएका छन् ।

चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन गरिने बताए ।

अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले समस्या नहुने भन्दै मन्त्री यादवले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकाले आवश्यकता र कामको प्रकृतिका आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्ने वा अन्त्यन्तै पठाउने बताए ।

मन्त्री यादवले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरकारसँग समन्वय गरी कार्ययोजना बनाउने बताए । ‘स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न हामी गम्भीर छौं । कसरी प्रभावकारी र गुणस्तरीय सेवा दिने भन्नेमा छलफल गरी सहकार्य र समन्वयका आधारमा कार्ययोजना बनाउने छौं,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*