चौघडामा जैविक मल तथा जैविक विषादी बनाउने तालिम संचालन
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा जैविक मल तथा जैविक विषादी बनाउने २ दिने तालिम सुरु भएको छ । हेटौडा–६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको विशेष पहलमा, आफ्नो कृषि सहकारी संस्था हेटौडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र चौघडा वचत तथा ऋण सहकारी संस्थाको ब्यवस्थापनमा सोमबारदेखि तालिम सुरु भएको हो ।
चौघडा साकोस भवनमा संचालन भएको २ दिने तालिमको उदघाटन हेटौडा उपमहानगरपालिका ६ नम्बर वडा अध्यक्ष बिष्णु बहादुर दहालको प्रमुख आतिथ्यता तथाा आफ्नो कृषि सहकारीका अध्यक्ष टिकाराम थापाको सभाध्यक्षमा भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिष्णु बहादुर दहालले आफुले सिकेको सीपको आफ्नै घरदैलोको करेसाबारीमा उपयोग गरी विषादी रहित हरिया सागसब्जी उब्जाउन जोड दिए । त्यसैगरी सल्लाहकार श्याम प्रसाद श्रेष्ठले वातावरणको क्षेत्रमा क्लबले लामो समयदेखि कार्य गर्दै आएको र नमुना टोल निर्माणार्थ यसै वर्ष टोल विकास संस्था नगर समन्वय समितिले २०८१ जेठ २३ गते विश्व वातावरण दिवसको दिन वातावरण सम्मानबाट सम्मानित भएको जानकारी पनि गराएका थिए ।
कार्यक्रममा चौघडा साकोसका उपाध्यक्ष त्रिबिक्रम मानन्धर,सचिव अर्जुन प्रसाद हुमागाइ, नवजीवन ज्योति क्लबका सचिव राज कुमार फुयाँल , सल्लाहकार श्याम प्रसाद श्रेष्ठ, रक्षादेवी टोल विकास संस्थाका उपाध्यक्ष केशव प्रसाद कोइराला, दिब्यनगर टोल विकास संस्थाको अध्यक्ष तारानाथ ढकाल, रंगशाला गौरीटार टोल विकास संस्था अध्यक्ष डिल्ली प्रसाद चौलागाईं लगायत चौघडा साकोसका कार्यसमितिका पदाधिकारी,सदस्य लगायत विभिन्न टोल विकास र संघ संस्थाबाट उपस्थिति रहेको थियो ।
६५ जना प्रशिक्षार्थीहरुलाइ सहजीकरणलाई प्रशिक्षकको रुपमा ध्रुव भुजेलले सहजीकरण गरेको नव जीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बर्तौलाले जानकारी दिएका छन् ।