गृहमन्त्री लामिछानेलाई ज्ञानेन्द्र शाहीको प्रश्नैप्रश्न

बागमती संवाददाता
२९ जेष्ठ २०८१, मंगलवार ११:५९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र (ज्ञानबहादु) शाहीले भ्रष्टाचारका फाइल खुल्छन् कि भनेर आफूहरु संसदमा हेरिरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर उनले भने, ‘हामी ठूला फाइल खोलिन्छ कि भनेर संसदमा हेरेर बसिरहेका छौं ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई उनको प्रश्न छ, ‘गिरीबन्धु टि-स्टेटको फाइल कहिले खोलिन्छ यो संसदमा हामी सुन्न आतुर छौं ।’

उनी थप प्रश्न गर्छन, ‘मेलम्ची, वाइडबडी, फोरजी कहिले खुल्छ रु नेपाल ठूलो हो कि जिबी राई हो ?

सहकारी रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जिबी राईलाई छिटो भन्दा छिटो नियन्त्रणमा लिन उनको आग्रह छ ।

गृहमन्त्री हुनु अगाडि रवि लामिछानेले जिबी राईलाई आकासमा, पातालमा भएपनि खोजेर ल्याउँछु भनेको स्मरण गर्दै उनले भने, ‘कहिले ल्याउनुहुन्छ ?

धेरै गृहमन्त्री फेरिएको तर, निर्मला पन्तको हत्यारा कारबाहीको दायरामा आउन नसकेको भन्दै उनले गृहमन्त्रीलाई पश्न गरे, ‘निर्मलाको हत्यारालाई सजाय कहिले हुन्छ ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*