मंगलबारको प्रतिनिधिसभा बैठक सुरु

बागमती संवाददाता
२९ जेष्ठ २०८१, मंगलवार ११:४१

काठमाडौँ  ।संघीय ससंद अन्र्तगत प्रतिनिधिसभा बैठक सुरु भएको छ। प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदैछ। मंगलबार चार वटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ।

जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन्।प्रतिनिधि सभाबाट आगामी आर्थिक बर्षको बजेट असार ७ गते पारित गर्ने तयारी भएको छ।

संघीय संसद सचिवालयले तयार पारेको संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने भनिएको छ। अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*