कपिलवस्तुमा बस र पिकअप ठोकिँदा एक जनाको मृत्यु

बागमती संवाददाता
२९ जेष्ठ २०८१, मंगलवार ११:२४

कपिलवस्तु। कपिलवस्तुमा बस र पिकअप गाडी एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको बुद्ध भूमि नगरपालिका–४ झडुलामाई मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा यात्रु वाहक बस र पिकअप गाडी ठोकिँदा एक जनाको मृत्यु भएको हो ।

मंगलबार बिहान साढे ५: १५ बजेतिर काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र-०२–००१ ख ०५२५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ च ९२८४ नम्बरको पिकअप आपसमा ठोकिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घटनामा पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

उनका अनुसार ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*