आदिवासी जनजाति महासंघको महाधिवेशन असार ११ देखि

बागमती संवाददाता
२८ जेष्ठ २०८१, सोमबार १४:४७

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन असार ११ देखि १३ गतेसम्म हुने भएको छ ।

‘सङ्गठित, प्रशिक्षित र समुन्नत समाज निर्माण अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने मूलनाराका साथ काठमाडौँमा प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको हो ।

विसं २०५५ मा स्थापना भएको महासंघले असार ११ देखि १३ गतेसम्म पहिलोपटक प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गरेको महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगरले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न अध्यक्ष घर्ती मगरको संयोजकत्वमा एक सय एक सदस्यीय मूल व्यस्थापन समिति गठन गरिएको छ ।

उक्त समितिमा केन्द्रीय सदस्य, जातीय संघका अध्यक्ष, महासंघका प्रदेश अध्यक्ष र काठमाडौँ, भक्तपुर, ललितपुर महासंघका अध्यक्षहरू रहेका छन् । अध्यक्ष घर्तीमगरका अनुसार महाधिवेशन व्यवस्थित बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

प्रचारप्रसार उपसमितिमा केन्द्रीय सदस्य पासाङ शेर्पा, आर्थिक उपसमितिमा मनमोहन छन्त्याल, स्वयम्सेवक परिचालन उपसमितिमा नेपाल तामाङ संघका अध्यक्ष रामकृष्ण लामा, अतिथि सत्कार उपसमितिमा केन्द्रीय सदस्य केशाङ्मु शेर्पा संयोजक रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*