त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना र उद्धारको अभ्यास गरिँदै, हवाई सेवा आधा घण्टा बन्द हुने

काठमान्डौ/ नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटना र उद्धारसम्बन्धी अभ्यास गर्ने भएको छ । दिउँसो १ बजेदेखि साढे १ बजेसम्म गरिने अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँ आउनुका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आउने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को मापदण्ड तथा एयरपोर्ट इमर्जेन्सी प्लानअन्तर्गत उक्त कार्यक्रम गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ ।
अभ्यासका क्रममा विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । अभ्यासका कारण दिउँसो १ बजेदेखि आधा घण्टाका लागि विमानस्थल बन्द हुन लागेको कार्यालयले जनाएको छ ।
यस्तो छ सूचना