ललितपुरमा ‘सुन्दर नगरी, घरघरमा नगर प्रहरी’ अभियान

बागमती संवाददाता
२४ जेष्ठ २०८१, बिहीबार ११:२९

ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घरघरमा नगर प्रहरी’ अभियान सुरु गरेको छ । महानगर​ले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्न ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान सुरु गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरीको उदाहरणीय कदमले नगर बासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने बताए ।

‘घरघरमा नगर प्रहरी पठाउनुका कारण धेरै छन्,’ उनले भने, ‘यो अभियानले स्थानीयबासीसँग नगरपालिकाबीचको दूरी कम गर्ने काम गर्छ छ । नगरपालिकाको समस्या हामीलाई सबै थाहा हुनेछ ।’

उनका अनुसार नगरबासीका समस्या पहिचान गर्न, नगर प्रहरी र सुरक्षाको अनुभूति गराउन, जनताले कर तिरे नतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न यस अभियानले मद्दत पुर्‍याउनेछ ।
यस अभियानमा दैनिक ५० जना नगर प्रहरी खटिनेछन् । तीमध्ये समूह बनाएर घरघरमा नगर प्रहरी पठाइनेछ । एउटा समूहमा पाँचजना नगर प्रहरी रहनेछन् । यसो गर्दा दैनिक ३ हजारभन्दा बढी घरमा नगरप्रहरी पुग्नेछन् ।

नगर प्रहरीले नगरपालिकाका सेवा नगरवासीले लिएरनलिएको बुझ्नेछ । यस्तै, नगर प्रहरीले निःशुल्क दमकल, ढल निकास, शव वाहन, फुटपाथलगायत सेवाबारे जानकारी गराउने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*