जीप दुर्घटनामा एक बालिका सहित २ जनाको मृत्यु

बागमती संवाददाता
२३ जेष्ठ २०८१, बुधबार ११:१३

काठमाडौं – दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जीप डोटीको जोरायलमा आज बिहान दुर्घटना हुँदा एक बालिका सहित दुई जनाको मृत्यु भएको छ । खडिनामा भएको दुर्घटनामा अन्य सातजना घाइते भएका छन् ।

दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । जीपमा चालकसहित ९ जना सवार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*