हुरीले ढालेको रूख बज्रँदा एकजनाको मृत्यु

बागमती संवाददाता
२२ जेष्ठ २०८१, मंगलवार १३:५८

मध्यबिन्दु नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रूख शिरमा बज्रँदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहानको हुरीले रूख ढालेको रूख बज्रँदा  थापाको मृत्यु भएको हो । 

वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन्। थापाको शव परीक्षणका लागि मध्यबिन्दु जिल्ला अस्पताल  पठाइएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*