विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

बागमती संवाददाता
२२ जेष्ठ २०८१, मंगलवार १३:३०

 

 

कास्की,  पोखरामा विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–३२ स्थित युनिभर्सल इङ्लिस बोर्डिङ कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा शिक्षक सुदिप अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्कीको रुपा गाउँपालिका–६ घर भई युनिभर्सल इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षक सुदिप अधिकारीले विद्यार्थीले होमवर्क नगरेको अक्षर नराम्रो भएको भन्दै जेठ १३ विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शिक्षक अधिकारीलाई जिल्ला अदालत कास्कीबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*