काठमाडौंबाट एकजना नक्कली डाक्टर पक्राउ

बागमती संवाददाता
८ माघ २०८०, सोमबार १५:१२

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले विराटनगर-२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई पक्राउ गरेको हो ।

भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको हो । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद गरिएको छ ।

शैक्षिक प्रमाणपत्रदेखि नेपाल मेडिकल काउन्सिलसम्मको कागजात नक्कली बनाएर उनले टिचिङ अस्पतालमा समेत काम गरेको पाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*