सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का महसुस
काठमाडौँ । सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो।
सिन्धुपाल्चोक आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।