बागमती-४, पाल्पालेका ८ बर्षका बालकको खोलामा डुबेर मृत्यु
बकैया। मकवानपुर बामगती गाउँपालिकाको बागमती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नं.४ पाल्पाले बस्ने ८ बर्षीय निशान बल रहेका छन् ।
स्थानीय आसाराम तामाङ्का अनुसार निशन बुधबार दिउँसो साथीहरुसंग बागमती नदिमा पौडी खेल्ने गएका थिए । उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमाटका लागि हेटौंडा अस्पताल ल्याईएको छ । शव पोस्टमाटमपछि परिवारलाई जिम्ममा लगाईने प्रहरीले जनाएको छ ।